यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

हेल्थपोस्ट नेपाल

बालबालिकालाई समेत लगाउन मिल्ने १ करोड खोप आउने निश्चित भएको छ। सरकारले फाइजर र मोडेर्ना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १ करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए। उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए।

 

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोडेर्ना खोप खरिदका लागि मन्त्रिपरिषदले निर्णय गरेको बताए। ‘अब फाइजर र मोडेर्ना खोप छिट्टै आउनेछ,’ मन्त्री खतिवडाले भने।



Leave a Reply

Your email address will not be published.