यी हुन् मन्त्रिपरिषद्ले गरेका स्वास्थ्य क्षेत्रका निर्णय

सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले कार्यविधि स्विकृत गरेको हो ।
यो कार्यविधि स्वीकृत भएपछि कोभिड प्रभावित अति विपन्न नागरिकलाई १० हजार रुपैयाँ पाउने छन्।
कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका करिब ५ लाख घरपरिवार समेटिने छन्।
त्यसैगरी, सरकारले बेमौसमी वर्षाका कारण बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन्।