नेपालमा कोरोना संक्रमित ९ लाख नाघे, आज ११३१५ सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४९ नुमना परीक्षणमा ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा भने ७२६ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन्।
बिहिबार ११ हजार ३१५ सक्रिय संक्रमित छन्। जसमध्ये १० हजार ५३० होम आइसोलेसन र ७८५ संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार नेपालमा ९ लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।
त्यसैगरी, पछिल्लो २४ घन्टामा ८ संक्रमितको निधन भएको छ।
यो सँगै ११ हजार ३२६ संक्रमितले ज्यान गुमाइसकेका छन्।
बिहिबार देशभरका विभिन्न अस्पतालमा ९८ भेन्टिलेटरमा सहित २८८ जना आइसियूमा उपचार भइरहेको छ।