अरिंगालकाे टोकाइबाट ९ जना घाइते, ३ को अवस्था गम्भीर

अर्घाखाँचीमा अरिंगालकाे टोकाइबाट नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको स्थानीयले बताए।
स्थानीयका अनुसार आइतबार दिउँसो सितगंगा नगरपालिका–२ वाणगंगा खोलानजिकै खेतमा धान काटिरहेका बेला उनीहरूलाई अरिंगालले टोकेको हो।
तीमध्ये सीतापुर झिर्रा गाउँका २४ वर्षीया सञ्जु क्षेत्री, २१ वर्षीय किरण क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भीर घाइते भएका हुन्।
स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनीहरूलाई बुटवल पठाइएको प्रहरीले जनाएको छ। अन्य चार घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।