मधुमेहको मुख्य कारण वायु प्रदूषण
बढ्दो वायु प्रदुुषणका कारण विश्वव्यापी रुपमा मधुुमेहको खतरा बढेको एक अध्ययनले देखाएको छ । वाशिङ्गटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको अनुसन्धानले प्रदूषणको स्तर घटाउन सक्ने हो भने भारतजस्ता निकै प्रदुषित भएका मुलुकमा मधुमेहको स्तर पनि घट्ने देखाएको छ ।
विश्वमा मधुमेह अन्य रोगभन्दा निकै तीब्र गतिमा पैदालिइरहेको छ । यसको प्रमुख कारण अस्वस्थकर खानपान, शारीरिक हिसाबले निष्क्रिय जीवनशैली, मोटोपनालगायत हुन् । नयाँ अध्ययनले मधुमेहमा वायु प्रदूषण पनि एक कारक रहेको देखिएको हो । विश्वभर ४२ करोड मानिस मधुमेहका रोगी छन् । तीमध्ये ३ करोड अमेरिकी छन् ।
प्रमुुख अनुसन्धानकर्ता डा. जियाद अल अलिले अमेरिकी वातावरण संरक्षण एजेन्सी र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित मानेको निकै कम स्तरको वायु प्रदूषणले पनि खतरा बढाउने अनुसन्धानकका क्रममा पाइएको बताए ।
अनुसन्धानकर्ताका अनुसार प्रदूषणका कारण सन् २०१६ मा मात्रै विश्वभर ३२ लाख मधुमेहका रोगी थपिएको आँकलन गरिएको छ । जस अनुसार १४ प्रतिशत मधुमेहका रोगी थपिएका थिए । एक अध्ययनअनुसार वायुप्रदुषणबाट विश्वभर ७० लाख मानिसको असमयमै मृत्युहुने गरेको छ ।
वायुप्रदुषणको मुल्याङ्कन गर्ने क्रममा अनुसन्धानकर्ताहरुले धुलो, धुवाँ र तरलका सुक्ष्म भागको अनुसन्धान गरेका थिए । वातावरणमा भएका यस्ता तत्व फोक्सोमा गई रक्तसन्चार प्रक्रियालाई अवरोध गर्छ, जसबाट मुटुरोग, स्ट्रोक, क्यान्सर र मिर्गौला रोग लाग्न सक्ने उनीहरुको अध्ययनबाट पत्ता लागेको छ । प्रदुषणले शरीरमा इन्सुलिनको उत्पादन घटाइदिन्छ र ब्लड ग्लुकोजलाई शक्तिमा परिवर्तन गर्नबाट रोकिदिन्छ । अनुसन्धानकर्ताका अनुसार प्रदुषणका कारण सन् २०१६ मा मात्रै विश्वभर ३२ लाख मधुमेहका रोगी थपिएको आँकलन गरिएको छ । जस अनुसार १४ प्रतिशत मधुमेहका रोगी थपिएका थिए । एक अध्ययनअनुसार वायुप्रदुषणबाट विश्वभर ७० लाख मानिसको असमयमै मृत्युहुने गरेको छ ।