खुले सरकारी कार्यालय, लयमा फर्किँदै सुनसान सहर

दसैंमा बन्द रहेका सरकारी कार्यालय आजदेखि सुचारु भएका छन्। दसैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरु खुलेका हुन्।
दसैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक बिदा थियो। दसैं बिदा सकिएसँगै विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या पनि बढेको छ।
दसैंमा सुनसान बनेको काठमाडौं उपत्यका दसैं बिदाको अन्त्यसँगै पुनः लयमा फर्किँदै छ। दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी छ।
दसशीका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने प्रचलन छ।