दाँत जोगाउन नखानुस् यी आठ खानेकुरा

भनिन्छ दाँत सुन्दरताको कडि हो । तपाई कस्तो खाद्यान्न खानुहुन्छ भन्नेकुरा तपाइको दाँतले झल्काउँछ भन्ने विश्वाश गरिन्छ ।
खानामा विशेष ध्यान पु¥याइएन भने दाँत नराम्ररी बिग्रन्छ। सुगरयुक्त स्न्याक्स तथा खानाले दाँतको क्षय गराउँछ साथै दाँतजन्य रोग लाग्दछ।
सुगरले एसिड रिलिज गर्ने ब्याक्टेरीया पैदा गर्छ जुन एसिडले दातको इनामेलमा आक्रमण गर्छ । जब इनामेल ब्रेक हु्न्छ क्याभिटी पैदा हुन्छ।
सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्टरीका अनुसार ६ देखि १९ वर्ष उमेरका मानिसले अनुभव गर्ने सबैभन्दा गम्भीर समस्या भनेको क्याभिटी हो, जसका कारण दाँतमा दुखाइ, चपाउने समस्या साथै दाँतमा विभिन्न अवरोधहरु सिर्जना हुन्छ।
दाँतका यस्ता समस्याबाट छुटकारा पाउन नियमीत दुई पटक ब्रस गरेर राम्रोसगँ कुल्ला गर्ने, नियमित दाँत परिक्षण गर्ने, साथै तल उल्लेखित केहि खाद्यान्नको प्रयोग कम गर्नुपर्छ ।
१. सावर क्याण्डी
यो कुनै नौलो होइन की क्याण्डी तपाइको मुख तथा दातको लागि हानिकारक छ । तर, सावर क्यान्डीमा विभिन्न खालका एसिड हुन्छन् जसले दाँतमा कठिनाइ पैदा गर्छ । यिनीहरुलाइ चपाउन पर्ने हुनाले यसले दातलाई लामो समय असर गरिरहन्छ र यसले दाँतलाई क्षय गराउन सघाउँछ । यदी तपाई चकलेटको पारखी हुनुहुन्छ भने तत्काल चपाउन सकिने चकलेट खाइहाल्नुहोस् र मुख कुल्ला गर्नुहोस् ।
२. पाउरोटी
दाँतमा समस्या आइरहन्छ भने ब्रेड खानुपूर्व दुइपटक सोच्नुृहोस् । तपाइले पाउरोटी चपाउँदा दाँतको स्यालिभा स्टार्चमा परिणत भै सुगर बन्दछ । पाउरोटीका स–सना टुक्रा दाँतको बीचमा अड्केर क्याभिटी बनाउँदछन् । तपाई अत्यन्तै कार्बोहाइडे«ट पारखी हुनुहुन्छ भने कम रिफाइन गरिएको होलग्रेन रोज्न सक्नुहुन्छ । सजिलै नटुक्रिने र कम सुगर भएका खाद्यान्न रोज्न सक्नुहुन्छ ।
३.रक्सी
हामी सबैलाइ थाहा भएको कुरा हो रक्सी स्वास्थ्यका हिसाबले फाइदाजनक छैन । तर, के तपाइले अनुभूित गर्नुभएको छ जब तपाई ड्रिंक गर्नुहुन्छ तब तपाइको मुख सुख्खा हुन्छ? मुख सुख्खा हुदा स्यालिभा कम हुन्छ जुन तपाइँको दात स्वस्थ राख्न आवश्यक पर्छ । स्यालिभा तपाइको दाँतमा अड्केको खाना निकाल्न र सफा गर्न सहयोगी हुन्छ । ड्रिकं गरिसकेपछि तपाइको दातलाई ओसिलो राखिरहन प्रसस्त पानी पिउने तथा कुल्ला गरिरहने गर्नुहोस् ।
४. कार्बोनेटेड ड्रिंक
हालसालै गरिएको एक अध्ययनले देखाएको छ की अत्यधिक सोडाको प्रयोगले तपाइको दाँत पूर्ण रुपमा ड्यामेज गर्छ । यसले मुख सुख्खा पनि बनाउछ साथै कडा रङको सोडाले तपाइँको दातको रङ फिका बनाउछ । सोडा खानासाथ तत्काल दाँत कहिल्यै ब्रस नगर्नुहोस् यसले दातँलाइ नराम्ररी क्षती पुर्याउँछ ।
५. आइस्
यद्यपी यसमा पूर्ण रुपमा पानी हुुनेभएपनि अमेरिकन डेन्टल एसोसिएसनका अनुसार साह्रो कुरा, धेरै चिसो कुरा खानु दाँत बिग्रने प्रमुख कारण हो । तपाई आफनो पेयपदार्थमा आइस मिसाए पनि त्यसलाई हतपति नचपाउनुहोस् ।
६. साइट्रस्
सुन्तला, अगुंर र कागती सबै फलफूल तथा जुसको रुपमा खान स्वादिष्ट हुन्छन् साथै भिटामीन सी ले भरपूर हुन्छन् । तर त्यसमा पाइने एसिडले इनामेल नष्ट गर्नुका साथै दाँतलाई हानीकारक हुन्छ। तपाईले पानीमा कागती निचोरेर खानुपनि दाँतको लागि हानिकारक हुन्छ । साथै साइट्रसबाट प्राप्त एसिडले मुखमा पीडा पनि हुन्छ । यदी तपाइ ती फलफूलबाट एन्टिअक्सिडेन्ट प्राप्त गर्न चाहनुहुन्छ भने धेरै कडा होइन केही मात्रामा सेवन गर्नुहोस् र पानीले मुख कुल्ला गरिहाल्नुहोस् ।
७. आलु चिप्स्
आलु चिप्स खादा धेरैले सन्तुष्ट मान्दछन् । यसमा अत्यधिक स्टार्च हुन्छ जुन चिनीका परिणत हुन्छ र दाँतको बीच भागमा अड्किन्छ जुन ब्याक्टेरियाको कारक बन्दछ । चिप्सबाट उत्पन्न हुने एसिड लामो समय दातमा रहिरहन्छ । त्यसैले चिप्स खाएपछि राम्रोसगँ मुख कुल्ला गर्न नबिर्सनुहोस् ।
८. ड्राइ फ्रुट्स
हामी सबैले सोच्ने कुरा हो ड्राइफ्रुट्स स्वस्थ स्न्याक्स हो । त्यो सत्य पनि हो । तर, धेरै ड्राइ फ्रुटस जस्तै एप्रिकोट, प्रन, फिगं, एसिन जस्ता स्टिकी फ्रुट्स दाँतमा अड्किने र दाँतमा समस्या उत्पन्न गर्ने खालका हुन्छन् । यदी तपाई ड्राइ फ्रुट्स खान रुचाउनुहुन्छ भने मुख राम्रोसगँ कुल्ला गर्ने र ब्रस गर्ने गर्नुहोस् ।