दसैँको मासुसित महँगो रक्सीको चुस्की लिँदै हुनुहुन्छ ? जान्नुहोस्, शरीरका अंगमा हुने हानी

तपाईंले पत्रपत्रिका तथा लेखमा कतिपटक पढ्नुभएको पनि होला, सीमित मात्राको अल्कोहल स्वास्थ्यका लागि राम्रो हुन्छ । र, कैयौँपटक यो पनि पढ्नुभएको होला, अल्कोह कत्ति पनि पिउनुहुँदैन । यस्तोमा तपाईं भ्रमको स्थितिमा हुन सक्नुहुन्छ कि, सीमित मात्रामा अल्कोहल स्वास्थ्यका लागि नोक्सानदायक छ कि फाइदाजनक । चिकित्सकका अनुसार यदि तपाईं दैनिक एक लार्ज पेग वा दुई स्मल पेग (६० एमएल) अल्कोहल पिउनुहुन्छ भने त्यसको ठूलो असर तपाईंको कलेजो (लभर) र स्वास्थ्यमा परिरहेको हुन्छ ।
रक्सीको लिभरमा प्रभाव
हाम्रो शरीरभित्र जाने तरलपदार्थको प्रोसेसिङ लिभरले गर्छ । रक्सी जब तपाईंको शरीरमा पुग्छ, लिभरले त्यसको प्रोसेसिङ सुरु गर्छ । तर, लिभरले एकपटकमा धेरै मात्रामा रक्सीको प्रोसेसिङ गर्न सक्दैन, किनकि यसको आकार सानो छ । तसर्थ, जब तपाईं धेरै रक्सी पिउनुहुन्छ, तब लिभर यसलाई प्रोसेसिङका लागि स्टोर गर्न असमर्थ हुन्छ, फलस्वरूप तपाईंले पिएको रक्सी पेट र सानो आँत हुँदै तपाईंको रगतमा घुल्न थाल्छ । यो रगत शरीरका अन्य अंगमा पुग्नुअघि पहिले लिभरमा फिल्टर हुनका लागि पुग्दछ ।
रगतमा घुलेको यो रक्सीले एउटा खास प्रकारको इन्जाइम बनाउन थाल्छ, एसिडएल्डिहाइड भनिन्छ । यो इन्जाइमले तपाईंको लिभरलाई नोक्सान पुर्याउँछ । लामो समयसम्म अधिक मात्रामा रक्सी पिउने व्यक्तिको लिभर बिस्तारै–बिस्तारै खराब हुँदै जान्छ । लिभरले यदि ६० देखि ७० प्रतिशतसम्म काम गर्न बन्द गरिदियो भने व्यक्तिको जीवन मुस्किल हुन्छ र उसलाई अनेककिसिमका गम्भीर रोग लाग्न थाल्छन् ।
विशेषज्ञ चिकित्सकका अनुसार लिभरका लागि रक्सीको मात्राले खास अर्थ राख्दैन, कमसे कम मात्राले पनि तपाईंको लिभरलाई प्रभावित बनाउँछ नै । यदि तपाईं थोरै मात्रामा रक्सी पिउनुहुन्छ भने त्यसको प्रभाव तपाईंको लिभरमा लामो समयमा देखिन्छ, जब कि ज्यादा मात्रामा पिउनुहुन्छ भने प्रभाव छिटो देखिन्छ । यसको अर्थ जति नै मात्रामा पिए पनि रक्सीले लिभरलाई ढिलो–चाँडो प्रभावित बनाउँछ नै ।
रक्सी पिउनाले कति समयमा खराब हुन सक्छ लिभर ?
सामान्यतया देखिएको छ कि, यदि तपाईं रक्सी सेवन गर्नुहुन्न भने पनि आजकल खानपानमा मिलावट, चिल्लोपदार्थको अत्यधिक सेवन तथा केमिकलयुक्त आहारको सेवनका कारण तपाईंको लिभर प्रभावित भइरहेको हुन्छ । तर, जब तपाईं रक्सी पिउन सुरु गर्नुहुन्छ, तपाईंको लिभर बिस्तारै–बिस्तारै विभिन्न चरणमा खराब हुँदै जान्छ । जस्तै,
पहिलो स्टेज
यदि तपाईं सातामा ४ दिन ९० एमएल (डेढ ठूलो पेग) भन्दा बढी रक्सी सेवन गर्नुहुन्छ भने तपाईं हेभी ड्रिंकर मानिनुहुन्छ । हेभी ड्रिंक गर्ने व्यक्तिमा सबैभन्दा पहिले लिभरवरिपरि फ्याट जम्न सुरु हुन्छ, जसका कारण फ्याटी लिभरको समस्या हुन सक्छ । यदि कुनै व्यक्तिले यस अवस्थामा रक्सी पिउन छोडिदियो भने उसको लिभर पछि गएर पुनः ठिक अवस्थामा ल्याउन सकिन्छ ।
तेस्रो तथा अन्तिम स्टेजमा व्यक्ति लिभर सिरोसिसको सिकार हुन्छ । लिभर सिरोसिसको अर्थ लिभर जुन कोषहरूबाट बनेको हुन्छ, ती कोष मृत हुन्छन् र लिभरलाई काम गर्नमा विभिन्न समस्या आउँछन् । धेरैजसो केसमा १० वर्षसम्म हेभी ड्रिंक गर्ने व्यक्तिमा लिभर सिरोसिस भएको पाइएको छ । एकपटक लिभर सिरोसिस भइसकेपछि व्यक्तिको लिभर ठिक अवस्थामाभ ल्याउन सकिँदैन । यो अवस्था आइपुगेपछि व्यक्तिको मृत्यु निश्चित हुन्छ ।
दोस्रो स्टेज
दोस्रो चरणमा व्यक्तिमा अल्कोहलिक हेपाटाइटिस हुन पुग्छ । यो चरणमा पनि यदि व्यक्तिले लगातार रक्सीको सेवन गरिरहन्छ भने उसको लिभर सुन्निन थाल्छ र लिभर ड्यामेज हुन सुरु हुन्छ । कतिपय अवस्थामा अल्कोहलिक हेपाटाइटिस बढ्नाले व्यक्तिको स्वास्थ्य घातकस्तरसम्म खराब हुन सक्छ । यद्यपि, यस चरणमा पनि रक्सी पिउन पूर्णतः छोडिदिएको खण्डमा व्यक्तिको लिभरलाई धेरै नोक्सान पुग्न पाउँदैन र ऊ लामो जिन्दगी बाँच्न सक्छ ।
तेस्रो तथा अन्तिम स्टेज
तेस्रो तथा अन्तिम स्टेजमा व्यक्ति लिभर सिरोसिसको सिकार हुन्छ । लिभर सिरोसिसको अर्थ लिभर जुन कोषहरूबाट बनेको हुन्छ, ती कोष मृत हुन्छन् र लिभरलाई काम गर्नमा विभिन्न समस्या आउँछन् । धेरैजसो केसमा १० वर्षसम्म हेभी ड्रिंक गर्ने व्यक्तिमा लिभर सिरोसिस भएको पाइएको छ । एकपटक लिभर सिरोसिस भइसकेपछि व्यक्तिको लिभर ठिक अवस्थामाभ ल्याउन सकिँदैन । यो अवस्था आइपुगेपछि व्यक्तिको मृत्यु निश्चित हुन्छ ।
रक्सीले लिभरमा मात्र होइन, अन्य अंगमा पनि प्रभाव
यदि तपाईं दैनिक एक लार्ज पेग रक्सी पिउनुहुन्छ भने तपाईंमा लिभर खराब हुने मात्र होइन, अन्य धेरै खतरा पनि उत्पन्न हुन सक्छन् । यीमध्ये प्याक्रियाटाइटिस, डिप्रेसन तथा चिन्ता, प्रजनन क्षमतामा कमी, उच्च रक्तचाप, मुख तथा लिभरको क्यान्सर, मोटोपन, नर्भ ड्यामेज, स्ट्रोकलगायत रोग प्रमुख हुन् ।
के दैनिक एक पेग रक्सी सुरक्षित छ ?
विशेषज्ञ चिकित्सकका अनुसार लिभरका लागि रक्सीको मात्राले खास अर्थ राख्दैन, रक्सीको कमसे कम मात्राले पनि तपाईंको लिभरलाई प्रभावित बनाउँछ नै । यदि तपाईं थोरै मात्रामा रक्सी पिउनुहुन्छ भने त्यसको प्रभाव तपाईंको लिभरमा लामो समयमा देखिन्छ, जबकि ज्यादा मात्रामा पिउनुहुन्छ भने प्रभाव छिटो देखिन्छ । यसको अर्थ जति नै मात्रामा पिए पनि तपाईंले पिएको रक्सीले तपाईंको लिभरलाई ढिलो–चाँडो प्रभावित बनाउँछ नै । सत्य यो हो कि– यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने तपाईंले अल्कोलहको सेवन बिल्कुलै गर्नुहुँदैन । यद्यपि, यदि तपाईं अकेजनल्ली (कुनै खास मौकामा मात्र, वर्षमा ५–६ पटक १–२ सानो पेग) पिउनुहुन्छ भने त्यसको प्रभाव शरीरमा देखिँदैन । तर, यदि तपाईंमा पहिलेदेखि नै लिभरसम्बन्धी कुनै रोग छ भने खास मौकामा मात्र पिएको थोरै मात्राको रक्सी पनि तपाईंका लागि खतरनाक हुन सक्छ ।