बालिकाको मृत्युपछि कर्णाली अस्पतालमा तोडफोड, उपचारमा लापरबाहीको आरोप

कर्णाली प्रदेश अस्पताल तनावग्रस्त बनेको छ। डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्षले आन्दोलन गरेपछि कर्णाली अस्पताल तनावग्रस्त बनेको हो।
दैलेखको नारायण नगरपालिका-४ की पूजा कटुवालकी साढे २ वर्षीया छोरी कुसुम कटुवालको नाकमा चारदिनअघि मकैको दाना अड्किएको थियो। बालिकालाई स्वास फेर्न गाह्रो भएपछि दैलेख अस्पताल लगिएको थियो। जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा लैजान सुझाव दिएका थिए। उनको शुक्रबार राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भयो।
केही समस्या नभएकी बालिकाको एक्कासी मृत्यु भएको भन्दै चिकित्सकको लापरबाहीले नै उनको मृत्यु भएको आफन्तको आरोप छ। बालिकाका आफन्तले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन्। अहिले अस्पताल प्रशासन र मृतक बालिकाका आफन्तबीच वार्ता भइरहेको छ।