आज १५ हजार ९४२ सक्रिय संक्रमित, ८ जनाको निधन

पछिल्लो २४ घन्टामा थप ८ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १० हजार ६ सय७२ नमुना परीक्षण गर्दा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा भने ९११ जना संक्रमणमुक्त भएका छन्।
यो सँगै नेपालमा ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन्।
बिहिबार १५ हजार ९४२ सक्रिय संक्रमित छन्। जसमध्ये १४ हजार ७२८ होम आइसोलेसन र १ हजार २१४ संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ८ जनाको संक्रमणबाट निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ११ हजार २ सयको ज्यान गइसकेको छ।
मन्त्रालयको पछिल्लो विवरण अनुसार ११२ भेन्टिलेटर सहित ३२९ जनाको आइसियूमा राखि उपचार भइरहेको छ।
आज देशभर २४२ जना क्वारेन्टाइनमा छन्।