दशैं लक्षित गरी असोज २२ देखि काठमाडौंमा कोभिड खोप दिइने

काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ वर्ष माथिका सबै नागरिकका लागि तीन दिने कोभिड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ।
असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो ।
‘पर्वका समयमा युवाहरु धेरै सक्रिय हुन्छन् । भीडलाई मध्यनजर गर्दै खोप कार्यक्रम संचालन गर्न लागेका हौं,’ जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भने।
कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।
महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।
vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।