जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

हेल्थपोस्ट नेपाल

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। जापानी मूलका अमेरिकी वैज्ञानिक सायुकुरो मनवे, जर्मन वैज्ञानिक क्लाउस ह्यासलम्यान र इटालीका जर्जियो परिसीलाई पुरस्कार प्रदान गरिने भएको हो।

जलवायु परिवर्तन र जटिल भौतिक प्रणालीबारे उनीहरूको महत्वपूर्ण अनुसन्धानका लागि सम्मान गरिने भएको हो। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको पृष्ठभूमिमा यस क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले विश्वको चर्चित पुरस्कारबाट सम्मानित हुने भएका हुन्।

१ करोड स्वीडेनी क्राउन पुरस्कार राशीमध्ये आधा करोड रकम ९० वर्षीय मनवे र ८९ वर्षीय हसलम्यानले बाँडेर लिनेछन्। त्यस्तै, बाँकी ५० लाख क्राउन जलवायु परिवर्तनको पृष्ठभूमिमा ग्रह र परमाणुको उतारचढावको अन्तरक्रिया बारेमा अनुसन्धान गर्ने ७३ वर्षीय परिसीलाई प्रदान गरिने भएको छ।

नोबेल कमिटीले सन् १९०१ देखि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिन थालेको हो। अहिलेसम्म १८ जना वैज्ञानिकहरूले यस विधातर्फको पुरस्कार प्राप्त गरिसकेका छन्।

 



Leave a Reply

Your email address will not be published.