गोदावरीमा निशुल्क दन्त स्वास्थ्य सेवा दिँदै कान्तिपुर डेन्टल अस्पताल

कोभिड –१९ का कारण लामो समयदेखि रोकिएको दन्त स्वास्थ्य शिविर पुन: सुचारु भएको छ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले ललितपुको गोदावरीमा तीन दिने दन्त स्वास्थ्य शिविर सुरु गरेको हो।
अस्पतालले नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा देशभरबाट जम्मा भएका ६ हजारभन्दा बढी प्रतिनिधिहरुलाई हाल उक्त सेवा दिइरहेको छ।
मुख स्वास्थ्यसम्बन्धी सचेतना, हल्लेका दाँत निकाल्ने तथा दाँतको उपचारका लागि डेन्टल सर्जनहरुबाट सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।
देशका सबै जिल्लाबाट आएका व्यक्तिहरुलाई दन्त उपचार सेवा प्रदान गर्न निशुल्क शिविर संचालन गरिएको शिविरका संयोजक डा. सुनिता खनालले बताइन्।