फाइजरको बुस्टर डोजलाई अनुमति, सबैले नपाउने

अमेरिकाले फाइजर कम्पनीको बुस्टर डोजलाई अनुमति दिएको छ। फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले बुस्टर डोजलाई अनुमति प्रदान गरेको हो।
तर, बुस्टर डोज ६५ वर्षमाथिका र जोखिममा रहेकालाई मात्र लगाउन हाललाई अनुमति दिइएको एफडिएले जनाएको छ। यसका लागि ६५ वर्ष वा त्यो भन्दा माथिको उमेर हुनुपर्ने र खोपको अन्तिम मात्रा कम्तिमा ६ महिनाअघि लगाएको हुनुपर्ने बताइएको छ।
यस्तै उच्च जोखिममा रहेका र फ्रन्टलाईनमा खटिनेलाई पनि बुस्टर डोज दिन सकिने एफडिएले जनाएको छ। बुस्टर डोजले रोग नियन्त्रण तथा रोकथाम सेन्टर (सिडिसी) बाट पनि अनुमति पाउनुपर्नेछ।
बुस्टर डोजलाई सिडिसीले अनुमति दिनेबारे बुधबार र आज छलफल गर्दैछ। उसले पनि चाँडै अनुमति दिने संकेत गरेको छ। सिडिसीले उच्च जोखिम र फ्रन्टलाइनमा रहेका नागरिकको पहिचान गर्ने र मापदण्ड तय गर्ने बताइएको छ।
यता, एफडिएका कमिस्नर जेनेट उडककले स्वास्थ्य क्षेत्रमा काम गर्ने, शिक्षक र डे केयरका स्टाफ, खाद्यान्न पसलका कामदार, घरवारविहीनका लागि बनाइएका आश्रम र कैदीहरु जोखिमको सूचीमा रहेको भन्दै उनीहरुले बुस्टर डोज लगाउन पाउने बताएका छन्।