पुसबाट बालिबालिकालाई खोप दिन सुरू गछौं : राज्यमन्त्री श्रेष्ठ

सरकारले आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप दिने जनाएको छ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए।
बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको उनले जानकारी दिए।
गाभिमार्फत ४० लाख मात्रा मोर्डना खोप र फाइजरको ६० लाख मात्रा खोप ल्याउने अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
‘बालबालिका लागि पुसबाट खोप दिने तयारीमा जुटेका छौं। मोर्डना खोप र फाइजर गरी १ करोड खोप आउने अन्तिम चरणमा पुगेको छ,’ उनले भने।
केही समय अगाडी मात्रै औषधि व्यवस्था विभागले फाइजर खोप आयातका लागि अनुमति दिइसकेको छ ।
हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन्।
सरकारले फाजर तथा मोर्डनाको खोप १२ देखि १८ बर्षसम्मका बालबालिका लागि दिने योजना बनाएको छ। नेपालमा हालसम्म १ करोड ७७ लाख खोपको मात्रा खपत भएको छ।