दुई ठूला अस्पतालबीचको हिलाम्मे सडक (फोटो फिचर)

सोमबार साँझ कुपण्डोल तर्फबाट एक एम्बुलेन्स साइरन बजाउँदै तिब्र गतिमा आइरहेको थियो।
प्रसव पीडाबाट छटपटाई रहेकी एक महिलालाई सवार गराएको एम्बुलेन्सले बाटो अत्यन्तै हिलाे भएको हुँदा पानी उछिट्टिएर पैदल यात्रीलाई हिलाम्मे बनाइदियो।
‘हेरेर चलाउनु पर्छ नि। सबै लुगा फोहोर भयो। एक वर्ष भइसक्यो। अझै बनेकाे छैन। कति सास्ती खेप्नु पर्ने हो,’ एक यात्रु आक्रोस पोख्दै थिए।
सुत्केरी वा अन्य बिरामी । सर्वसाधारण, सरकारी कर्मचारी दैनिक हजारौंको संख्यामा ओहोर–दोहोर गर्छन।
पानी पर्दा हिल्लामे। घाम लाग्दा धुलोको सास्ती खेप्न बाध्य छन् यात्रु। थापाथली चोकबाट परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल वा नर्भिक हस्पिटल अनि बबरमहलतिरबाट भित्री बाटो भएर थापाथलीतिर यात्रा गर्नेहरूले बेला निकै कष्ट खेप्नुपर्छ।
राजधानीमा रहेको सबै भन्दा सुविधा सम्पन्न अस्पतालको अगाडीको सडकको यो दुर्दशा छ भने अन्यत्र के होला सहज अनुमान गर्न सकिन्छ।
थापाथली चोकदेखि प्रसूति गृहसम्मको बाटो त धरापजस्तै भएको छ। धेरै बिरामी तथा अन्य व्यक्तिहरू चिप्लिएर लडेका छन्।
बिजुलीको तार अन्डरग्राउन्ड गर्ने क्रममा खनिएको सडकमा रहेका खाल्डा राम्रोसँग नपुर्दा लामो समयदेखि उक्त सडकखण्ड प्रयोग गर्ने यात्रुले सास्ती बेहोर्दै आएका छन्।