युमेडिकाले उत्पादन गरेको औषधि नक्कली, यसरी खुल्यो रहस्य?

हेल्थपोस्ट नेपाल

भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाले नेपालमा बिक्री गर्दै आएको औषधि नक्कली भएको पाइएको छ।

औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ।

औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि औषधि व्यवस्था विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको छ।

युमेडिका ल्याबरोटरिजले  उत्पादन गरेको र नेपाली बजारमा आइपुगेको एन्टिबायोटिक नक्कली पाइएपछि नेपालमा गुणस्तरहीन औषधि र स्वास्थ्य सामग्री विक्री भइरहेको छ।

भारतको गुजरातमा मुख्य कार्यालय रहेको युमेडिका ल्याबरोटरिजले उत्पादन गरेको औषधि ‘नक्कली’ भेटिएपछि उक्त औषधिको विक्री–वितरणमा सरकारले प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।

तर, उपभोक्ता अधिकारकर्मीले अझै बजारमा गुणस्तरहीन र नक्कली औषधि हुनसक्ने चिन्ता व्यक्त गर्दै सरकारी अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

यद्यपि सरकारी अधिकारीहरू औषधि र स्वास्थ्य सामग्री नियमनका लागि पर्याप्त जनशक्ति नभएको बताउँछन्।

यसरी खुल्यो नक्कली औषधिको रहस्य?

नेपालमा औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग हो।

उसका अनुसार युमेडिको कम्पनीको युजोलाइन–१००० नामक एन्टिबायोटिक औषधिको लेबलमा अर्कै औषधि राखेर बजारमा विक्री गरेको पाइएको थियो।
‘लेबल लगाएकोमा सेफोरक्सिनुवालाको लेबल लगाएछ तर भित्र चाहिँ सेफाजोलिन भन्ने उत्पादन राखेछ,’ ढकालले भने।

विभिन्न सङ्क्रमणबाट बच्न र शल्यक्रियाका बेलामा समेत प्रयोग हुने उक्त औषधि नै नक्कली हुनु भनेको ‘गम्भीर गल्ती’ भएको उनको भनाइ छ। तर उत्पादक नेपालको नभएकाले त्यो औषधि विक्रीमा मात्र प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ।

ढकालका अनुसार काठमाण्डू उपत्यकाको एउटा औषधिपसलेले एउटा औषधिको लेबलमा अर्को औषधि आएको पत्ता लगाएका थिए।

ती पसलेले विभागलाई जानकारी गराएपछि अनुगमन गर्दा पुष्टि भएपछि कारबाही गरिएको हो। ‘काठमाडौं अनुगमनमा नै २६ वटा जति त्यस्तो अवस्था पाइयो,’ उनले भने।



Leave a Reply

Your email address will not be published.