चिकित्सा शिक्षा प्रवेशिका परीक्षामा फेल हुने डरले आत्महत्या

चिकित्सा शिक्षा प्रवेशिका परीक्षामा फेल हुने डरले एक किशोरीले आत्महत्या गरेकी छिन्।
भारतको तमिलनाडु प्रदेशको अरियालुर जिल्लामा बस्ने १८ वर्षे किशोरीले आत्महत्या गरेकी हुन्। चिकित्सा शिक्षा अध्ययन गर्नका लागि दिइने नेशनल इलिजिविलिटि कम इन्ट्रान्स टेस्ट (नीट) परीक्षा दिएको भोली पल्ट नै आत्महत्या गरेकी हुन्।
उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। मृतकका अभिभावकका अनुसार परीक्षा सकेर आएको दिनमा उनले प्रश्नपत्रमा निकै केरमेर गरेकी थिइन्।
प्रवेशिका परीक्षा भएकै दिन तमिलनाडु सरकारले चिकित्सा शिक्षा भर्ना सम्बन्धी नयाँ विद्येयक पारित गरेको थियो। जसमा मेडिसिन, डेन्टिस्ट्र, इन्डिएन मेडिसिन तथा होमियोप्याथी पढ्न चाहने विद्यार्थीको कक्षा १२ को नतिजा पनि मुल्याङकन गर्ने भनिएको छ।
किशोरीले कक्षा १२ मा ६०० पुर्णाङकमा ५६२ अंक हासिल गरेकी थिइन्। तर पनि परीक्षामा अनुत्तीर्ण हुने डरले आत्महत्या गरेको त्यहाँका प्रहरीको जनाएको छ। थप अनुसन्धान चलिरहेको छ।
भारतको प्रतिपक्ष पार्टी एआईएडिएमकेले सरकारले बालबालिकाको भविष्य माथि राजनीति गरेको बताएका छन्।
भारतमा लिइने ‘नीट’ प्रवेशिका परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई नेपालमा पनि भर्ना हुन पाउने अनुमति छ। चिकित्सा शिक्षा आयोगको तोकेको कलेजहरुमा विदेशी विद्यार्थीहरुका लागि १० प्रतिशत विदेशी कोटा छुट्याइएको छ जसमा अधिकाशं भारतीय लगायतका अन्य देशका विद्यार्थीले अध्ययन गर्दछन्।
चिकित्सा शिक्षा आयोगको प्रवेशिका परीक्षा नदिएका विदेशी विद्यार्थीले ‘नीट’ परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ।
indian बिधार्थिलाई नेपालमा mbbs पढन शुल्क ने रु तोकेर सार्बजनिक गर्नु पर्ने हो तर दलालबाट bargening गरेर मात्र हुन्छ जुन गलत हो