क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता

हेल्थपोस्ट नेपाल

रकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

 

प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक भत्ता रु पाँच हजार दिने घोषणा गरेका छन्।

त्यस्तै, चालु खर्च जसमा बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालिम खर्च,सीप विकास तथा जनचेतना तालिम र गोष्ठि सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मुल्याङकन, भ्रमण खर्च, विविध कार्यक्रम खर्च र्शीषकमा न्युनतम १० प्रतिशत दरले बजेट कटौती गरेर रु ५ अर्ब कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्न लागिएको मन्त्री शर्माले बताए।

 

 



Leave a Reply

Your email address will not be published.