आइओएम डीन कार्यालयमा लगाए विद्यार्थीले ताला

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।
जनस्वास्थ्य विषयको स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय ताला लगाएका हुन्।
शोध परीक्षाका लागि विभेदकारी निर्णय गरेको र विद्यार्थीको शोध प्रस्ताव पास नगरी फेल गराउने नियत लिएको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन्।
‘पटक–पटक लिखित अनुरोध गर्दा पनि आइओएमले दुई महिनासम्म शोध प्रस्ताव अवस्थामा शोधपत्रको भाइभाको परीक्षा लिने गरी मिति सार्वजनिक गर्नु गैरकानुनी भएकाले ताला लगाउन बाध्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
अहिले सार्वजनिक भएको परीक्षा मिति बदर गरी संस्थानको इथिकल रिभ्यु कमिटिले भाइभा गर्ने निर्णय सहितको सूचना जारी नभएसम्मका लागि डिन कार्यालय र परीक्षा महाशाखाको कार्यालयमा तालबन्दी जारी रहने कुरा विज्ञप्तिमा उल्लेख छ।