नर्सिङ लाइसेन्स परीक्षामा ६३७ जना फेल

नर्सिङ तथा मिडवाइ फ्रि विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामाको नतिजा सार्वजानिक भएको छ।
नेपाल नर्सिङ परिषद्ले परीक्षा नर्सिङ तर्फ २७ औँ (शनिबार) लिएको लाइसेन्स परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन्।
परिषद्को तथ्यांक अनुसार नर्सिङ तर्फ ८८.५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएका हुन्।
नर्सिङ तर्फ ५ हजार ६२१ जनाले परीक्षा फारम भरेका थिए । तर, ३७ जना परीक्षार्थीले उपस्थित भएका थिइनन्।
कुल ५ हजार ५८४ जना सहभागी भएकोमा ४ हजार ९४७ जना पास र ६३७ जना फेल भएका थिए।
यस्तै, मिडवाईफ्री तर्फ १० जना परीक्षामा सहभागी भएकोमा ९ जना उत्तीर्ण भएका थिए ।