मेडिकल काउन्सिलको विशेषज्ञ परीक्षामा १३० चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा १३० जना फेल भएका छन्।
काउन्सिलको तथ्यांक अनुसार कुल सहभागि मध्ये लाइसेन्स परीक्षामा ७० प्रतिशत चिकित्सक पास भएका छन्।
काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार सहभागी मध्ये ३ सय ३९ जना पास हुन्।
काउसिलले गत शुक्रबार परीक्षा लिएको थियो ।
सो परीक्षामा ४ सय ८० चिकित्सकले फारम भरेकोमा ४ सय ७८ जना परीक्षामा समावेश भएका थिए । सहभागी मध्ये ३ सय ३९ जना पास भएका छन्।
डा अधिकारीका अनुसार १३० जना फेल भने ९ जनाको परीक्षाफल विथहेल्डमा राखिएको छ।