हिँडेर अस्पताल पुगेकी रिताको मृत्यु, सिद्धि स्मृतिमा आफन्तको आन्दोलन

चिकित्सको लापरबाहीका कारण मृत्यु भएको भन्दै भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेल अगाडि आफन्तले आन्दोलन गरेका छन्।
सुत्केरी हुन हिडेर आएकी एक महिलाको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितले शुक्रबार आन्दोलन गरिहेका छन्।
आफन्तका अनुसार चाँंगुनारायण नगरपालिका नगरकोटस्थित ३० बर्षीया रिता तमाङ गर्भवती भएदेखि अस्पतालमा निरन्तर फलोअपमा थिइन्।
त्यही क्रममा पछिल्लो मंगलबार हिडेर उनी अस्पताल पुगेकी थिइन् । त्यतिबेला चिकित्सकले गर्भवतीको समय भएको भन्दै उनको अप्रेशन गरेका थिए। अप्रेशनपछि उनले छोरीको पनि जन्म दिइन। तर, आमा सिकिस्त भइन्। त्यसपछि अस्पताल प्रशासनले उनको आज (शुक्रबार) विहान चिकित्सकले मृत घोषणा गरे ।
पीडितहरुका अनुसार चेकअपका लागि उनी हिडेर आएकी थिइन् । तर स्वस्थ्य मानिसलाई मृत्युको मुखसम्म पुयाएको आरोप पीडितहरुको छ। मृत्तकका श्रीमान धनबहादुरले चिकित्सकको लापरबाहीले श्रीमतिको मृत्यु भएको आरोप लगाउँछन्।
‘मेरो श्रीमतिलाई अन्य कुनै रोग थिएन। डेलिभरी हुन आउँदा हिडेर नै अस्पताल आएका थिइ। यो सब यहाँका चिकित्सकको लापबाहिले हुन पुग्यो,’ उनले भने, ‘ कारबार्ही नभएसम्म हामी लास लिँदैनौं।’
आफन्तले अस्पतालले जन्मेकी शिशुको भविष्य पनि सुनिश्चत हुनुपर्ने माग गरेका छन्। पीडितहरु शुक्रबार विहानदेखि अस्पताल परिसरमा धर्नामा छन्। शिशु भने अहिले पनि सिद्धि स्मृति अस्पतालमै छन्। पीडित पक्षसँंग अस्पताल प्रशाशन अहिले वार्तामा बसिरहेको छ।