अचानक भारी वर्षा भएपछि न्युयोर्कमा ‘संकटकाल’

हेल्थपोस्ट नेपाल

अमेरिकाको न्युयोर्क तथा न्यूजर्सीलगायतका सहरमा भीषण वर्षा र आँधी आएको छ। अचानकको यो वर्षा र आँधीपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ।

विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ। न्युयोर्क सिटीका मेयर बिल डि ब्लासियोले यसलाई एउटा ‘ऐतिहासिक मौसमी’ घटना भनेका छन्।

न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा एकघण्टामै करिब ३ इन्चभन्दा धेरै पानी भरिएको थियो। सहरमा सबै भूमिगत रेलहरू बन्द गरिएका छन् भने सडकमा सवारी साधनलाई गुड्न दिइएको छैन।

अचानक त्यहाँ मौसम बदलिनुका पछाडि त्यहाँको कुनै ठूलो समुद्री आँधी मुख्य कारण हुनसक्ने बताइएको छ।

केही दिन अघि अमेरिकाको दक्षिणी सहर लुइजियानामा एउटा शक्तिशाली सामुद्रिक आँधी बएकोँ थियो। ‘आइडा’ नाम दिइएको यो आँधी अहिलेसम्मकै शक्तिशालीमध्येको एक हो।

मानिसहरूले सामाजिक सञ्जालमा सेयर गरिरहेका भिडियो फुटेजहरूमा त्यहाँ परिरहेको पानी बाढीजस्तै बगेर घरहरूमा छिरेको छ। कैयौं ठाउँमा सडक भरिएका छन् र गाडीहरू डुबेका छन्।

 



Leave a Reply

Your email address will not be published.