नर्सिङ तथा केयर होममा इजरायल जानेको परीक्षा भदौ अन्तिम सातामा

नर्सिङ होम तथा केयर होमलगायत संस्थामा इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुन जनाएको छ। परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुने विभागले जानकारी दिएको छ ।
केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश–पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ। प्रवेश–पत्र अनलाइनमार्फत उपलब्ध हुनेछ।
रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।
इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।
अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाई मासिक १६ सय अमेरिकी डलर हुने उल्लेख छ।
I can appear exam
Form is still available or not?
Form is still available or not?