गर्भावस्थामा रुघाखोकी र चिसोको उपचार कसरी गर्ने ?
जब तपाईं गर्भवती अवस्थामा हुनुहुन्छ, तपाईंमा देखिने स्वास्थ्य समस्याले तपाईंको शरीरलाई मात्रअसर गर्दैन, तपाईं गर्भमा भएको बच्चालाई पनि असर गर्छ । यही वास्तविकताले गर्दा गर्भवती अवस्थामा जुनसुकै रोग लाग्दा पनि यसविरुद्ध लड्न अप्ठ्यारो हुन्छ । विगतमा (गर्भवती नहुँदा) जब तपाईं फ्लुका कारण बिरामी पर्नुहुन्थ्यो, पूर्णडोज औषधि लिइहाल्नुहुन्थ्यो, तर अहिले सुरक्षित नै भए पनि तपाईं औषधि लिइहाल्न सकभर चाहनुहुन्न । औषधि खाए छिट्टै निको त हुन्छ, तर बच्चालाई असर गर्छ कि भनेर डराउनुहुन्छ ।
औषधोपचार
युनिभर्सिटी अफ मिचिगन हेल्थ सिस्टमका अनुसार गर्भवती भएको सुरुका १२ हप्ता सकेसम्म औषधि नलिनु नै राम्रो हो । यो समय बच्चाको प्रमुख अंग विकास हुने क्रिटिकल समय हो । धेरै चिकित्सक गर्भावस्थाको २८ हप्तापछि पनि सावधानी अपनाउन सुझाब दिन्छन् । गर्भावस्थामा औषधि लिनुपूर्व आफ्नो चिकित्सकसँग अवश्य सल्लाह लिनुहोेस् ।
– तपाईंको गर्भ १२ हप्ता नाघिसकेको छ भने विभिन्न औषधि लिन सक्नुहुन्छ ।
– छातीमा, नाकमुनि मेन्थल रब प्रयोग गर्न सक्नुहुन्छ ।
– नजलस्ट्रिप, जसले बन्द भएको नाक खुलाउँछ, प्रयोग गर्न सक्नुहुन्छ ।
– कफड्रप, कफविरुद्ध प्रयोग गर्न सक्नुहुन्छ ।
– एसिटामिनोफिन, दुखाइ, ज्वरो तथा चिलाएमा यसको प्रयोग गर्न सक्नुहुन्छ ।
– क्याल्सियम कार्बाेनेट, छातीमा जलन, नाक बग्ने तथा पेट असजिलो भएमा प्रयोग गर्न सक्नुहुन्छ ।
बहुउपचारका लागि प्रयोग गरिने धेरै तत्व मिसाइएको औषधि अथवा एन्टिबायोटिकजस्ता औषधि सकभर नखाउनुहोस्, आफ्नो लक्षण के छ, त्यसलाई मात्रै काम गर्ने औषधि रोज्नुहोस् ।
गर्भवती अवस्थामा यी औषधि डाक्टरको सल्लाहविना सकभर नखानुहोस्–
– एस्पिरिन
– ब्रुफिन
– न्याप्रोजेन
– कोडिन
– एन्टिबायोटिक
गर्भवतीमा चिसो लागेमा घरेलु उपचार
यदि तपाईं गभवती अवस्थामा चिसोका कारण बिरामी पर्नुभएको छ भने सर्वप्रथम घरेलु उपचार विधि अपनाउनुहोस् । किनकि, यस्तो वेला औषधिबाट टाढा रहनु नै उत्तम हुन्छ ।
– आवश्यक मात्रामा आराम गर्नुहोस् ।
– प्रशस्त झोलिलो खानेकुरा खानुहोस् ।
– छातीमा संक्रमण तथा खोकी छ भने तातो नुनपानीले घाँटी कुल्ला गर्नुहोस् ।
– यदि लक्षणहरू झन्–झन् कडा हुँदै गए भने नाकलाई सहज बनाउनका लागि नोजलड्रप अर्थात् स्प्रे गर्नुहोस् ।
– तातोपानी अथवा तातो हावाको बाफ लिनुहोस् ।
– तातोपानीले सावर लिनुहोस् ।
– चिकेन सुप लिनुहोस्, जसले नाक टिसुलाई सुन्निनबाट जोगाउँछ ।
– भेजिटेरियन हुनुहुन्छ भने च्याउको सुप लिन सक्नुहुन्छ ।
– क्याफिनयुक्त चियामा कागती र मह मिलाएर पिउनुहोस् ।
गर्ववती महिलाले ६ महिनामा रुघाखोकी लाएको बेला बोजोमिन प्रयोग गर्दा बच्चा लाई केही असर पुर्याउँछ की पुराउँदैन?