सोमबार ३८ हजार ३५१ सक्रिय संक्रमित, २४ जनाको निधन
पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ११ हजार ३२६ नमुना परीक्षणमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको अनुसार देशभर सोमबार ३८ हजार ३५१ सक्रिय संक्रमित छन्। जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसन र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन्।
गत २४ घण्टामा १ हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ।
उक्त अवधिमा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
सोमबार १७६ जना भेन्टिलेटर सहित ६७९ जना आइसीयू संक्रमितको उपचार भइरहेको छ। आज ३९३ जना क्वारेन्टाइनमा छन्।