के लामखुट्टेको टोकाइले कोरोना भाइरस सर्छ?
कोभिड–१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड(१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
कोभिड(१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो। यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स(साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।
यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ। कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ।