वीरको नर्सिङ प्रमुखमा तुईतुई, निरौलालाई महाशाखाको जिम्मेवारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ महाशाखाको प्रमुखमा रहेकी रोशनीदेवी तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुखको जिम्मेवारी दिइएको छ।
हाल वीरको नर्सिङ प्रमुख रहेकी गोमा निरौलालाई स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा जिम्मेवारी दिएको छ।
आइतबारको मन्त्रीस्तरीय निर्णयले वीर अस्पतालमा महाशाखा प्रमुख रहेकी रोशनीदेवी तुईतुईलाई पठाएर श्रेष्ठलाई नर्सिङ महाशाखाको जिम्मेवारी दिएको हो।
कोभिड युनिफाइड अस्पतालको रुपमा नवगठित वीर अस्पताललाई राम्रो बनाउनको लागि चिकित्सापछिको महत्वपूर्ण जिम्मेवारी रहेकाे नर्सिङमा तुईतुईलाई लगिएको मन्त्रालयले जनाएको छ।
नेतृत्वदायी भूमिका राम्रोसँग बुझेकी तुईतुईले अब वीरको नर्सिङ प्रमुख समाल्नेछिन्।
हाल वीरमा प्रमुखको रूपमा रहेकी निरौला अव्यवाहारिक, समन्वय क्षमतामा कमजोर भएकै कारण अस्पतालमा काम निकाल्न नसक्ने निष्कर्षसहित सरुवामा परेकी हुन् ।
काउन्सिलको अध्यक्षको रुपमा पनि निरौलाको नेतृत्व र परफमेन्स सन्तोषजनक छैन् ।
कार्यशैलीबाट वीरका नर्सिङ अधिकृतहरु आजित भएको गुनासोपछि मन्त्रालयले उनको जिम्मेवारी बदलिएकाे हो।