युमेडिकाले उत्पादन गरेको युझोलिन औषधिमा गम्भीर लापरवाही, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाले नेपालमा बिक्री गर्दै आएको युझोलिन–१००० औषधि गम्भीर लापरवाही गरेको पाइएको छ । औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि औषधि व्यवस्था विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको छ।
युमेडिकाले बाहिर युझोलिन–१००० नाम राखेर नेपाली बजारमा बिक्री वितरण भइरहेको एन्टीबायोटिक औषधीमा भित्र फरक कम्पोजिसनको युरोक्झीम–७५० राखेको पाइएको हो।
बजारमा गएको यो ब्याचको अधिकांश औषधीमा त्रुटि पाइएको छ।
औषधिमा लेबलिङ इरर रहेको भन्दै उक्त औषधिको बिक्रि वितरण तत्काल रोक्न तथा आपूर्तिकर्तालाई फिर्ता गर्न निर्देशन समेत दिएको छ।
बजारमा गलत औषधि गएको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो।
सोही आधारमा औषधी व्यवस्था विभागले काठमाडौं विभिन्न औषधी पसलहरुमा अनुगमन गरेको थियो । सोही क्रममा त्रिवि शिक्षण अस्पताल अगाडिको सोभिका फार्मेसीबाट ५५ भायल चेकजाँच गर्दा २६ भायलमा त्रुटि पाइएको थियो।