स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउँछु – राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यको दरबन्दी बढाउनका लागि जोड दिने बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै मन्त्रीले श्रेष्ठले स्वास्थ्य दरबन्दीलाई बृहत रूपले बढाउनु पर्ने बताए।
‘गरिब जनतालाई स्वास्थ्य सेवा पुर्याउन लागि अहिले भइरहेको दरबन्दी ज्यादै न्युन छ,’ मन्त्री श्रेष्ठले भने, ‘स्थानीय तह, प्रदेश देखि केन्द्रसम्ममा दरबन्दी विस्तार गर्नुपर्ने अवस्था छ।’
स्वास्थ्य क्षेत्र राज्यको दायित्व भएकाले आमूल परिवर्तन गरेर नै जनतालाई सेवा दिनुपर्ने मन्त्री श्रेष्ठले बताए।
‘स्वास्थ्य क्षेत्रको सुधार र विस्तारलाई अल्पकालिन र दीर्धकालिन योजना बनाएर अगाडी बढ्ने छु। इतिहास बोकेका ठुला–ठुला अस्पताललाई स्तरउन्नित गरेर लैजानुपर्ने छ,’ मन्त्री श्रेष्ठले भने।
मन्त्रालयको केही समयको अगाडीको तथ्यांक अनुसार स्वास्थ्यमा ३५ हजारको हाराहारीमा दरबन्दी छन्। जसमध्ये स्थानीय तहमा २५ हजारभन्दा बढी, प्रदेशमा ३ हजार ५ र केन्द्रमा २ हजार ७ को हाराहारीमा दरबन्दी छ।
करिब ५ हजारभन्दा बढी दरबन्दी रिक्त अवस्थामा नै छन्। स्वास्थ्य तर्फको अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे नभएको दशक बित्तिसकेको छ।
सरकारले केही समय अगाडी देखि केन्द्रिय अस्पतालहरूको ओएनएम सर्भेको कामलाई तीब्रता दिएको छ।
दर्बन्दि बढाउनु भन्दा रिक्त पद पुण गरम न केहो दर्बन्दि 6 हुन्छ।कर्मचारि 2 जना अनि कसरी चल्छ।