आजदेखि देशभर मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना

हेल्थपोस्ट नेपाल

 

जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन थप सक्रिय हुने बताएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सक्रिय हुने विभागले जनाएको छ।

मनसुन सक्रिय हुँदा आजदेखि केही दिन देशका अधिकांश ठाउँमा भारी वर्षा हुनसक्ने अनुमान विभागको छ।

आजदेखि प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रहसमेत गरेको छ।

यसैबीच, अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुमान छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।



Leave a Reply

Your email address will not be published.