‘उपचार नपाएर वीरबाट बिरामी फर्किन नपर्नेगरी काम गर्छु’: डा. बस्नेत
सरकारले बुधबार कोभिड –१९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखको रूपमा डा. भुपेन्द्र बस्नेतलाई जिम्मेवारी दियो।
सोही दिन साँझ पदवहाली गरेका बस्नेतले विहीबारदेखि काम सुरु गरे ।
काम थालेको पहिलो दिनमै उनले अस्पतालमा गर्नुपर्ने कामहरुको तत्कालिन खाका कोरिसकेका छन् ।
स्वास्थ्य मन्त्रालयले केही महिनाभित्रमा नै कोरोनाको तेस्रो लहरको सुरूवात हुनसक्ने आंकलन गरेको छ।
तेस्रो लहरका जुध्दै केन्द्रीय कमाण्ड अस्पताल हाँक्न डा. बस्नेतसँग के योजना छन् त?
यसअघि पनि वीर अस्पतालको निर्देशकको रुपमा २ वर्ष विताएका डा. बस्नेतसँगै हेल्थपोस्ट नेपालले गरेको कुराकानी ।
पछिल्ला दिनमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्न थालेको छ। केन्द्रीय कमाण्ड अस्पतालमा के छ अवस्था ?
हो, केही दिनयता संक्रमित बढिरहेको छ। कोरोनाको केस पोजेटिभिटी रेसियो महिना दिनअघि २० प्रतिशत भन्दा तल घटेको थियो। तर, सो दर बृद्धि भएर भइ २५ प्रतिशत हाराहारीमा पुगिसकेको छ।
अस्पतालमा बिस्तारै कोभिडका बिरामीको भर्ना हुने संख्या बढिरहेको छ।
केहिदिनयता उपत्यका आइसियू तथा भेन्टिलेटर बेड पूर्ण रूपमा भरिसकेका छन्।
जसको कारण प्रमुख कारण मानिसहरूको भीडभाड बढी हुनु हो।
वीर अहिले दुई किसिमका बिरामीको सेवा उपलब्ध छ। कोभिड तथा नन–कोभिड।
अहिले नन–कोभिडका सेवाहरू पूर्ण रूपमा नै सञ्चालनमा छन्। अहिले पछिल्लो दिनमा कोरोना संक्रमितको भर्ना हुने दर बढ्दै गएको छ।
अहिले वीरमा ३ सय ६० जनाको भर्ना भएका बिरामी छन्।
जसमा १ सय ७ जना कोभिडका बिरामीको उपचार भइरहेको छ। उनीहरूको आइसियू, भेन्टिलेटर तथा एचडियू र जनरल वार्डमा उपचार भइरहेको छ।
कोभिड –१९ युनिफाइड केन्द्रिय अस्पताल भएकाले वीरलाई कोभिडका सम्पूर्ण जिम्मेवारी आएको छ। जसका लागि केही कामहरू अगाडी बढेको छ।
तर, देशका गरिबी, विपन्न वर्ग उपचार गर्न वीरमा आउने भएकाले अझै केही काम योजनाबद्द रूपले गर्नुपर्ने छ।
सर्जिकल भवनमा कोभिडको सम्पूर्ण सेवा दिने भनेर सुरू गरिएको थियो। आजको दिनमा १ सय ३ बेडबाट सेवा सञ्चालन भएको छ। तर, जसमध्ये आइसियू ९ वटा मात्रै सञ्चालनमा छन्। अरू ९ वटाबाट सेवा दिन तयारीमा छन्।
वीरमा नवनिर्मित सर्जिकल भवनबाट २ सयभन्दा बढी आइसियू बेड सञ्चालन गर्ने भनिएको थियो, अहिले सेवा कसरी सञ्चालन भएको छ?
सर्जिकल भवनमा कोभिडको सम्पूर्ण सेवा दिने भनेर सुरू गरिएको थियो। आजको दिनमा १ सय ३ बेडबाट सेवा सञ्चालन भएको छ।
तर, जसमध्ये आइसियू ९ वटा मात्रै सञ्चालनमा छन्। अरू ९ वटाबाट सेवा दिन तयारीमा छन्।
आइसियू बेड सय भन्दा बढी बनाउने योजना सार्वजानिक भएको रहेछ। तर, सञ्चालनमा भने निकै कम नै छन्।
त्यसका साथ–साथै अक्सिजनको प्लान्टको जडान भएको छ। लिक्विड अक्सिजन पूर्ण रूपमा सञ्चालनमा नै छ।
अर्को एक वटा अक्सिजन प्लान्ट चलेको छैन। त्यसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारीमा छु।
युनिफाइड अस्पतालको हिसाबले कन्ट्रोल रूमको पनि स्थापना भएको छ।
कन्ट्रोल रूममा दैनिक रुपमा विशेषज्ञ, टेली मेडिसिन र सातै वटाका प्रदेशका कोभिड अस्पताललाई समवन्य गर्नेछ।
यसका प्रारम्भिक कामहरू अगाडी बढेका छन्। यी कुरालाई पनि चुस्त रूपले अगाडी बढाउनुपर्ने देखिन्छ।
वीरमा तपाईले देख्नु भएका समस्याहरू के–के छन् ?
अहिले हेर्दा केही उपकरणको जडानका लागि समस्या छन्।
कतिपय उपकरणहरू आउने प्रक्रियामा छन्। जस्तै भेन्टिलेटर तथा मोनिटरहरू आउने प्रक्रियामा नै छन्।
नचलेको अक्सिजन प्लान्टलाई सञ्चालन गर्न समस्या छन्।
वीरमा सबैभन्दा ठुलो जनशक्तिको समस्या छ।
अहिले आइसियू सहित करिव १ सय बेड सञ्चालनमा छ। त्यस्तै, अर्को सय बेड सञ्चालन हुन सक्ने अवस्था छ।
जति बेड बढाउन पनि थप जनशक्तिको व्यवस्थापन हुन जरुरी छ।
थप जनशक्ति तत्काल व्यवस्था गरेर चलाउने र काठमाडौं उपत्यकामा कोभिडका बिरामीहरू वीर अस्पताल आएमा फर्किनु नपर्ने अवस्था सिर्जना गर्न खोजेको छु।
स्वास्थ्य मन्त्रालयले केही महिनाभित्रैमा तेस्रो लहर आउने आकंलन गरिसकेको छ। वीरले कति बिरामीलाई उपचार गर्न क्षमता राख्छ।
अहिले तत्काल नै संक्रमण बढेको खण्डमा दुई सय जना बिरामीलाई उपचार दिन सक्छौं।
एक सय जनाको लागि व्यवस्था भएको छ भने अर्को एक सय जनाका लागि केही दिनमै उपकरण जडान गर्न सकिन्छ।
त्यसैगरी, आवश्यकता पर्दै गएको खण्डमा ५ सयभन्दा बढी बिरामीलाई सर्जिकल भवनमा राखेर उपचार गर्न सक्छौं।
जसका लागि केही कामहरू तीब्र रूपमा बढाउनुपर्ने छ।
मैले वीरको नेतृत्व भखरै समालेकाले सबै जनासँग बसेर छलफल गर्दै छु।
विहीबार विभागीय प्रमुखको सल्लाह लिएँ, कोभिडमा पहिला काम गर्नु भएका चिकित्सक तथा नर्सिङ प्रमुखको सल्लाह लिएको छु।
अबका दिन आवश्यकता अनुसार नै बेडहरू बढाउँदै लैजान सक्छौं।
वीरमा २ सयभन्दा माथि आइसियू बेड सञ्चालन गर्न सक्छौं। तर, अहिलेकै जनशक्तिले यो सेवा दीगो हुनसक्दैन।
अहिले कोभिडको व्यवस्थापन गर्ने हिसाबको मात्रै हुन्छ।
कोरोनाको महामारीको उच्च समयमा सर्जिकल भवनबाट ५ सय र पुरानो भवनबाट ४ सय गरी ९ सयभन्दा बढी बिरामीलाई सेवा दिन सक्छौं।
तर, कोरोनाको चाप नबढ्दासम्म पुरानो भवनबाट नन–कोभिडका सेवा उपलब्ध हुनेछ। जुन सेवा महत्वपूर्ण र संवेदनशील छन्।
पुराना भवनमा ओटी, डायलाइसिस जस्ता सेवाहरू आकस्मिक छन्। अहिले तत्काललाई कोभिड र नन कोभिड सेवालाई सञ्चालन गर्दै जान्छौं।
अहिले तेस्रो लहरको आकंलन गरिएको छ। त्यसलाई मध्यनजर गरेर सर्जिकल भवनमा भएका संरचनालाई स्तरउन्नती गरेर सेवा दिने गरी छलफल गरिरहेका छौं।
जनशक्ति अभाव टार्न पहिला भएका काम कहाँ पुगेका छन् र नयाँ के गर्नुहुन्छ ?
यसका लागि नेपाल सरकारले केही दरबन्दी स्वीकृत गरेको छ। त्यो लोकसेवाको प्रक्रियाबाट आउनुपर्दा केही समय लाग्छ।
त्यो नआउँदै समस्या परेको खण्डमा तुरून्तै लिएर सेवा चलाउने हिसाबमा होमवर्क गरिहेका छौं।
भर्खरै जिम्मेवारी पाएको छु। अहिलेको कठीन परिस्थिति र आम सेवाग्राहीमा रहेको अपेक्षालाई पुरा गर्ने चुनौती स्वीकारेको छु।
कोभिडका सेवामा वीर अस्पतालको सर्जिकल भवन र आवश्यकता पर्दा पुरानो भवन पनि सेवा बढाउने योजना छ।
कोही पनि बिरामी वीर अस्पताल आएर सेवा पाइन भनेर नफर्किने किसिमको व्यवस्थापनको लागि कोसिस गर्दै छु।