स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको घोषणा– कुनै सरकारी सेवासुविधा लिन्न
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी कुनै सेवासुविधा नलिने घोषणा गरेका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एक सय दिनको योजना सुनाउँदै कुनै पनि सेवा–सुविधा नलिने घोषणा गरेका हुन्।
‘सरकारी सेवा निजी व्यवसायबाट कानुनी रुपमा अलग हुनेछु। राज्यमन्त्रीको सेवा सुविधामध्ये आवास, सवारी साधन तथा पारिश्रमिक नलिने घोषणा गर्दछु,’ उनले भने, ‘सुरक्षाकर्मीको सेवा भने लिनेछु।’
मन्त्री श्रेष्ठले अबको एक सातामा १६ लाख एस्टाजेनिकाको खोप ल्याइने बताए।
त्यसैगरी, केही दिनभित्रैमा भेरोसेल १६ लाख र जापानको एटाजेनिका कम्पनीको खोप १६ लाख गरी कुल ३२ लाख खोप नेपाल आउने दाबी गरेका छन्।
उनका अनुसार अहिले टेकुको खोप स्टोरमा ३ लाख ५० हजार र सातै प्रदेशमा १३ लाख स्टोर रहेको छ । ‘सातै प्रदेशमा हाल १८ लाख खोप मौज्दात रहेको छ,’ उनले भने।
पहिलो मात्रा कोल्भिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार व्यक्तिलाई नेपालमा खोप आएको ३ दिनमा एस्टाजेनिकाको खोप उनको दाबी छ।
यसैगरी , मोर्डना ४० लाख, जोनसोन एन्ड जोन सोन ५० लाख, फमइजर ६० लाख र एटाजेनिका ५० गरी १ करोड ४० लाख खोप खरिद प्रक्रिया अगाडी बढाइएको उनले जानकारी दिए । असोज मसान्तसम्ममा एक तिहाइलाई खोप दिइने उनले जानकारी दिए ।