स्वास्थ्य राज्यमन्त्रीको निजी सचिवमा कपिल तिमल्सेना
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको निजी सचिवमा कपिल तिमल्सेना नियुक्त भएका छन्।
मन्त्रालयका उपसचिव तिमल्सेनालाई राज्यमन्त्री श्रेष्ठले निजी सचिव बनाएका हुन्।
मन्त्री श्रेष्ठले निजी सचिवालयमा तिमल्सेना सहित नवीन अधिकारी र ऋषिराम दाहाललाई राखेका छन्।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी आइतबार मासिक तथा वार्षिक कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्दैछन्।
उनले कोरोना महामारीलाई पहिलो प्राथमिकतामा राखि विज्ञहरुको टिम बनाएर काम गर्ने तयारीमा रहेको बताउँदै आएका छन्।