स्तरवृद्धि अनियमिततामा छानबिन गर्न स्वास्थ्य सेवा विभागले बनायो समिति
नक्कली कागजात खडा गरेर धमाधम स्वास्थ्यकर्मीलाई स्तरवृद्धि गरेको समाचार बाहिर आएपछि स्वास्थ्य सेवा विभागले छानबिन समिति बनाएको छ।
स्रोतका अनुसार उपचारात्मक महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीको नेतृत्वमा चार सदस्यीय समिति बनाएको हो।
जसमा कानुन अधिकृत शम्भु निरौंला, व्यवस्थापन महाशाखा एक अधिकृत र विभागका एक कर्मचारी छन्।
हेल्थपोस्ट नेपालले स्तरवृद्धि फाँटका अधिकारीको मिलेमतोमा स्वास्थ्य सेवा ऐनअनुसार न्यूनतम योग्यता नै नपुगेका कर्मचारीको कार्यसम्पादन मूल्यांकन नम्बर सच्याएर स्तरवृद्धि गरिएको किर्ते प्रमाण बाहिर ल्याएको थियो।
स्तरवृद्धि समितिमा रहेका विभागका उपसचिव महेश पाण्डे र अधिकृत एकनाथ नेपालको मिलेमतोमा यस्ता किर्ते भइरहेको विभागको स्रोतले जनाएको छ।
विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिँहले यसअगाडी छानबिन दायरामा ल्याउने बताएका थिए।
स्वास्थ्य विभागमा अनियमितताः योग्यता नै नपुगेका कर्मचारीको कार्यसम्पादन नम्बर सच्याएर स्तरवृद्धि