स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
स्वास्थ्य राज्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैंले लिएका छन्।
कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चर्को दबाब परेपछि प्रधानमन्त्री देउवाले राज्यमन्त्री नियुक्त गरेका हुन्। राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्।
उनी कांग्रेसका समानुपातिक सांसद हुन्। श्रेष्ठ लिटिल एन्जल्स स्कुलका संस्थापक हुन्।
श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको अध्यक्ष पनि थिए।