विदेश जानेहरू खोप लगाएपछि फेरि ‘प्रमाण’को सास्ती [फाेटाे फिचर]
घण्टौं लाइन कुरेर खोप लगाएकाहरूलाई फेरि अर्को झन्झट थपिएको छ। विदेश जानेहरूका लागि गन्तव्य देशले खोप लगाएको प्रमाण माग गरेपछि त्यसका लागि फेरि उस्तै भीड छिचोल्नुपर्ने भएको छ।
खोप लगाएकाे प्रमाणीकरण गर्नका लागि अहिले बिहानदेखि राति अबेरसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड लाग्ने गरेको छ।
खोप लगाएको १४ दिनपछि बल्ल सम्बन्धित देशले प्रवेशका लागि अनुमति दिने गरेका छन्।











