वीर अस्पतालका कर्मचारीले गरे कोरोना खोपमा अनियमितता
वीर अस्पतालका कर्मचारीले नै कोरोना खोपमा अनियमिता गरेको पाइएको छ।
सरकारले लक्षित वर्ग भन्दा बाहिर गएर खोप नदिन पटक–पटक आग्रह गर्दा पनि वीरका कर्मचारीले खोपको चरम दुरूपयोग गरेका छन्।
खोप लगाउन खटेका अहेव नवराज श्रेष्ठ र युवराज सुवेदीले आफूनिकट तथा आफन्तलाई खोप दिएको अस्पतालका एक कर्मचारीले आरोप लगाए। ।
‘उहाँहरूले खोपको दुरुपयोग गर्दै आउनु भएको छ। क्षित वर्ग भन्दा बाहिर आफन्त दिने तथा पैसामा समेत खोप बिक्रि गर्दै आउनु भएको छ,’ एक कर्मचारीले भने, ‘आफै दर्तामा बसि लक्षित समूहभन्दा बाहिर गएर खोप लगाइरहेका छन्।’