स्वास्थ्य मन्त्रालयको नेतृत्वमा गगन र शंशाकको चर्चा
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।
मंगलबार देउवाले आफूसंगै गृहमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्र कार्की, उर्जामा पंम्फा भुसाल र अर्थमा जनार्दन शर्मालाई पद तथा गोपनियताको सपथ लिए।
सानो आकारमा विस्तार भएको मन्त्रीमण्डल गठन गर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्वको पाउने आश गरिएको थियो।
यति, बेला स्वास्थ्य सबैको प्राथमिकतामा परेको हिजाे नै स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन सकेन्।
मन्त्रिमण्डल विस्तारको चर्चा भएसँगै काग्रेंसले स्वास्थ्यमन्त्री लिने तयारीमा जुटेको छ। काग्रेंसभित्र पनि पूर्वमन्त्री गगन थापालाई स्वास्थ्य मन्त्रालयल दिने चर्चा सुरु भएको छ।
यसभन्दा अगाडी छोटो समयमा स्वास्थ्य मन्त्रालयमा कुशल नेतृत्व समालेका थापालाई नेतृत्व दिनुपर्ने आवाज उठिरहेका छन्।
कोरोना महामारीबाट बाहिर निस्किनका लागि प्राथमिकतामा परेको स्वास्थ्य मन्त्रालय थापालाई जिम्मेवारी दिन देउवा पनि सकारात्मक छन् ।।
महामन्त्री शशांक कोइरालाले पनि स्वास्थ्यको नेतृत्व लिन चासो देखाएका छन्।
अहिले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मा गगन अथवा शशांक मध्ये एकलाई दिनेगरी कांग्रेसभित्र आन्तरिक तयारी भइरहेको छ।
थापाले मन्त्री हुने दौडमा नलाग्ने तर पार्टीले आवश्यकता बोध गरेर निर्णय लिए पछाडि नहट्ने निकटवर्तीसँग बताउँदै आएका छन् ।
‘अहिले उहाँको मुख्य ध्यान र ध्येय महाधिवेशन केन्द्रीत छ, तर पार्टीले निर्णय गरेर जिम्मेवारी दियो भने लिन्न भन्नुहुन्न, तर प्रोएक्टिभ भएर लाग्ने योजनामा हुनुहुन्न’ थापा निकट एक युवाले भने।
बुढानिकण्ठ स्रोतका अनुसार पछिल्लो समय सभापति/प्रधानमन्त्रीलाई शुभकामना दिन आउनेहरुले अधिकांशको सुझाब स्वास्थ्यमा गगनजीलाई ल्याएर सरकारको काम देखाउनुपर्यो भन्ने सुझाब दिएका छन्।
सत्ता सहकार्यमा लागेकै दलका बरिष्ठ नेताहरुसमेत मन्त्रीमण्डलमा थापालाई अटाउँनुपर्ने सुझाब प्रधानमन्त्रीलाई दिएका छन्
तर, स्वास्थ्यमा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफैले पाउनु पर्ने चर्चा चलेको छ ।
ओली सरकारको पालामा उपप्रधान तथा स्वास्थ्यको अनुभव लिईसकेका यादवले पुन स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने इच्छा देखाएका छन् ।