हामीले ल्याइदिएको खोपको फोटो खिचाएर भोलिदेखि नै प्रचार गर्नेछन्– ओली

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले विभिन्न मुलुकबाट कोरोना भ्याक्सिन खोप भित्र्याउन सफल भएको बताएका छन्।

बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अब बन्न लागेको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारप्रति व्यङ्ग्य गर्दै भने–‘मलाई थाहा छ भोलिदेखि खोपको प्रचारबाजी सुरू हुनेछ, अघिल्लो सरकार गएसँगै हामीले खोप ल्यायौं भनेर फोटो खिचाउने काम सुरू हुन्छ। मानौ कि जादू गरेर फ्याट्ट उनीहरूले खोप लिएको जस्तो। तर, मलाई त्यसको चिन्ता छैन।’

ओलीले आफ्नो सरकारले जनताको ज्यान र महामारीको नियन्त्रणलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको पनि बताए।



Leave a Reply

Your email address will not be published.