सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनलाई नास्टको प्रविधि पुरस्कार द्धारा सम्मान

हेल्थपोस्ट नेपाल

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको प्रविधि पुरस्कार सरुवारोग विज्ञ डा. शेरबहादुर पुनलाई प्रदान गरेको छ।

कोभिड – १९ महामारीका बेला अध्ययन, अनुसन्धान, तथा फन्टलाइनमा खटेर सेवाको गरेको भन्दै नास्टले उक्त पुरस्कार पुनलाई प्रदान गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. पुनलाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।

नास्टको गत चैतमा बसेको ४४ औं प्राज्ञसभाले डा पुनसहित विभिन्न ११ विधामा १७ जना व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

पुरस्कार पाएपछि डा पुनले सामाजिक सञ्जाल मार्फत संक्रामक रोग बिषयका अनुसन्धानको क्षेत्रमा थप सार्थक कामहरु गर्न प्रेरित गरेको प्रतिक्रिया दिए।

‘नेपाल बिज्ञान तथा प्रबिधि प्रतिष्ठानले (नाष्ट) प्रदान गरेको नेपालकै उच्चरप्रतिष्ठित सम्मानले (अवार्ड) अनुसन्धानको क्षेत्रमा (संक्रामक रोग बिषयमा) थप सार्थक कामहरु गर्न प्रेरित गरेकोरगर्ने छ। ती सार्थक कामहरु विश्वको लागि समेत उदारहणीय होस् भन्ने चाहना छ,’ डा. पुनले भने।

 



Leave a Reply

Your email address will not be published.