महिला स्वास्थ्य स्वयंसेविकालाई सवारी साधन

हेल्थपोस्ट नेपाल

महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ ।

नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका हुन्। यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताए।

३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो ।

हभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।



Leave a Reply

Your email address will not be published.