यी रोग जसका जम्मा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्
नेपाल मेडिकल काउन्सिलले हालसालै प्रकाशित गरेको तथ्याङक अनुसार ६७ चिकित्सा विधामा ८ हजार ३१५ चिकित्सकले विशेषज्ञा हासिल गरेका छ।
सन् २०२० डिसेम्बरसम्मको तथ्यांकअनुसार ५ हजार ९ सय १८ जना पुरुष र २ हजार ३ सय ९७ जना महिलाले विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका छन्।
इन्टरनल मेडिसिन, एस्ब्याटक गाइने जनरल सर्जरी (जिआई) पेडियाट्रिक, अर्थोपेडिक्स, रेडियोलोजी लगायत केही विधामा सयौंको संख्यामा विशेषज्ञता हासिल गरेका चिकित्सक छन्।
तर, केही यस्ता विधाहरू छन्, जसमा एक–दुई जना चिकित्सकले मात्रै विशेषज्ञता हासिल गरेका छन्।
काउन्सिलको विशेषज्ञता दर्ता भएका चिकित्सकहरु मध्ये बेसिक मेडिसिन विषयमा ८०१ जना चित्सिकले दक्षता हासिल गरेका छन्। बेसिक मेडिसिन अन्तर्गतको नौ वटा विधामा हस्पिटल एडमिनिस्ट्रेसन विद्यामा जम्मा दुई जना चिकित्सक मात्र दर्ता भएका छन्।
त्यस्तै, मेडिसिनसँग सम्बन्धित १५ वटा विधामा १,१५३ जना विषेशज्ञ चिकित्सक छन्। यी विधा अन्तर्गत क्लिनिकल जेनेटिक्समा दुई जना, क्रिटिकल कियर मेडिसिन दुई, फिजिकल मेडिसिनमा एक, हेपाटोलोजीमा एक र ट्रोपिकल मेडिसिनमा एक चिकित्सकले मात्रै विशेषज्ञता हासिल गरेका छन्।
सर्जरी विषयमा भएका १० विधामा ९४० विषेशज्ञ चिकित्सकहरु छन्। जसमध्ये ग्यास्ट्रो सर्जरीमा एक महिला र एक पुरुष चिकित्सक दक्षता हासिल गरेको छन्।
त्यसैगरी, स्पेसियालिटि विधामा २० वटा विषय रहेका छन्। जस अन्तर्गत ४ हजार ७९७ जना विशेषज्ञ चिकित्सकहरु दर्ता भएका छन्।
सबैभन्दा कम न्यूनाटोलोजीमा दुई, पेडियाट्रिक हेमाटोलोजी–अन्कोलोजीमा एक, पेडियाट्रिक नेफ्रोलोजीमा एक, पेडियाट्रिक हेमाटोलोजीमा एक र पेडियाट्रिक ग्यास्ट्रो इन्टेरोलोजीमा एक चिकित्सक मात्रै छन्।
त्यस्तै, डेन्टिस्ट्र अन्तर्गत ६२४ जना विषेशज्ञ चिकित्सक दर्ता छन्। जसमध्ये ओरल साइन्समा दुई र फोरेन्सिक ओडोन्टोलोजीमा एक जना मात्र चिकित्सकले विशेषज्ञता हासिल गरेका छन्।