‘हेल्थ रिसर्च लाइफटाइ एचिभमेन्ट अवार्ड’ डा. बासुदेव पाण्डेलाई

हेल्थपोस्ट नेपाल

 भाइरोलोजिष्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे ‘हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२०’बाट सम्मानित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलनको समापन समारोहमा डा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मान गरिएको हो ।

नेपालमा सरुवा रोगहरुको अनुसन्धानमा र्पुयाएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको परिषद्ले जनाएको छ।

डा. पाण्डेले डेंगु,, जापनिज इन्सेफलाइटिस, चिकुनगोनिया भाइरस, जीका भाइरस, भाइरसको बारेमा १ सय भन्दा बढी अनुसन्धान प्रकाशित गरेका छन्।

परिषद्को आयोजना भएको सम्मेलन कोभिड महामारीका कारण भर्चुअल मार्फत गरिएको थियो।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धानमुलक कार्यहरुको प्रस्तुति दिएका थिए । यस्तै १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति गरिएको थियो।

सम्मेलनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रित विज्ञहरु र प्रस्तुत कर्ताहरुको प्रस्तुति थियो ।

त्यसैगरी, मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु पोषण मानसिक स्वास्थ्य र दुव्र्यसन, बाताबरणीय स्वास्थ्य , औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयमा प्रस्तुतिकरण भएका थिए।



Leave a Reply

Your email address will not be published.