डा. विश्वबन्धु बगालेलाई ‘उत्कृष्ट कर्मचारी’ पुरस्कार प्रदान

हेल्थपोस्ट नेपाल

कोरोना महामारीमा फन्टलाइनमा रही काम गरेका बकुरलहर रत्ननगर अस्पतालका सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले सम्मानित भएका छन्।

रत्नगर नगरपालिकाले कोरोना महामारीमा अस्पतालको व्यवस्थापन राम्रो गरेको भन्दै उत्कृष्ट कर्मचारी भनी सम्मान गरेको हो।

कोरोना संक्रमितको उपचार गर्दागर्दै डा. बगालेलाई दुई पटक संक्रमित भइसकेका छन्।

पहिलो पटक संक्रमित हुँदा समाजका केही मानिसबाट उनले दुर्व्यहार समेत सहनुपरेको थियो।

डा. बगालले यो सम्मान पाउनुमा अस्पतालमका सहकर्मीको साथ–सहयोग भएको बताए।

‘कामको मूल्याकंन गरेर सम्मान गर्दा खुसी नै छु। यो सम्मान व्यक्तिगतभन्दा पनि अस्पतालमा काम गर्ने सहकर्मीलाई दिन चाहन्छु,’ डा. बगालले भने, ‘उहाँहरू निष्ठापूर्वक काम नगर्नु भएको भए सायद यो सम्मान आज पाँइदैन थियो।’

कोरोना महामारीमा १५ बेडको अस्पतालले दैनिक सयौं बिरामीको उपचार दिएको थियो।

अस्पतालले निरन्तर सेवा प्रदान गर्दै आएको थियो।

‘चितवनमा अन्य ‘कोरोना डेडिकेट अस्पताल’ भएकाले संक्रमितको चाप धेरै भएन। तर, अन्य रोगका बिरामीलाई सहज रूपमा उपचार दिन सफल भयौं,’ उनी भन्छन्।

अस्पतालले प्रदान निरन्तर तथा गुणस्तरीय सेवाले नागरिकको विश्वास पनि जित्ने सफल भएको छ।

‘कोभिड बाहेकका अन्य रोगका मानिसले उपचार नपाइरहेको अवस्थामा हामीले प्रदान गर्न सक्यौं। जसका कारण थप नागरिकको विश्वास जित्न सफल भयौं जस्ता लाग्छ,’ उनले अनुभव सुनाए।

अस्पतालको बिरामीको चाप बढ्दै गएकाले अब ५० बेडबाट सञ्चालन हुने भएको छ।

जसका लागि बागमती सरकारले स्वीकृत समेत दिइसकेको छ।

अहिले बगालले पोस्ट कोभिडको समस्यासँग जुधिँरहेका छन्।

उनी दोस्रो पटक संक्रमित हुँदा दुई हप्ताभन्दा अस्पताल भर्ना भएर बसेका थिए। केही दिन अक्सिजन समेत दिनुपरेको थियो।

‘पहिलो पटक सामाजिक हिसाबले लड्नुपरेको थियो। अहिले शारीरिक हिसाबले कोरोनासँग जुधिरहेको छु,’ उनले भने।

 



Leave a Reply

Your email address will not be published.