याद गर्नुहोस् ! वर्षायाममा यी चिज नखानुहोस्

हेल्थपोस्ट नेपाल

वर्षाको समयमा बिरामी हुने खतरा एकदमै हुन्छ। वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल ।

जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ । खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् ।

वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ ।

डाक्टरहरुका अनुसार यो मौसममा सबै भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। कुनै मौसममा खान मिल्ने खानेकुरा बर्षायाममा खान मिल्दैन।

जस्तै,

हरियो सागपात

वर्षाको समयमा हरियो साग, बन्दा, पालुङगो, भन्टा जस्ता तरकारी सकेसम्म नखाँदा राम्रो हुन्छ। वैज्ञानिक आधारमा भन्ने हो भने यस मौसममा ब्याक्टेरिया, फंगस इन्फेक्सन हुने खतरा रहन्छ।

त्यस्तै, यस्ता तरकारीहरुमा किरा भित्रभित्रै हुने र यसले पेटमा समस्या ल्याउन सक्ने सम्भावना रहन्छ। त्यसैले सकेसम्म यस्ता तरकारीहरुबाट टाढा रहँदा रामो हुन्छ।

स्ट्रिट फुड

मनसुनको समयमा पानीबाट सर्ने रोग तथा भाइरस इन्फेक्सन तथा डेगूँ जस्ता रोगहरु लाग्न सक्छ। बाहिरको खानेकुरा तथा फलफुलहरु खाँदा छिटै रोगले समात्न सक्छ। त्यसैले पनि बाहिरका खानेकुरा खान हुँदैन।

तेलमा तारेका खानेकुरा

यो मौसममा तेलमा तारेका खानेकुराहरु खानु हुँदैन। तारेका खानेकुराहरुले पित्त बढ्छ भने यस्तो मौसममा हाम्रो शरीरको पाचन प्रणली पनि एकदमै विस्तारै चल्ने हुन्छ। तारेका खानेकुराले झाडा पखाला, आउँ जस्ता रोग निम्त्याउन सक्छ।

दुधबाट बनेका खानेकुरा

वर्षाकोमौसममा दुधबाट बनेका खानेकुराहरु दैनिक रुपमा खानुहुँदैन। यो मौसममा खानेकुराहरुमा धेरै ब्याक्टेरिया हुनेभएकोले यसले पेटमा खराबी गर्न सक्छ। दहीमा पनि ब्याक्टेरिया हुने भएकाले यसको सेवन कम गर्दा फाइदा हुन्छ।

माछाः
मनसुनको समयमा माछाहरुमा प्रजननको समस्या हुने गर्दछ। यसैकारण यो मौसममा माछा खाँदा फुड प्वइजनीङ हुन सक्छ। त्यस्तै, पानी पर्ने समयमा पानी प्रदुषित हुने भएकोले माछामा पनि फोहोर जम्न सक्छ। यस्तो माछा खाँदा शरीरलाई नोक्सान पुग्न सक्छ।

च्याउ
मनसुनमा च्याउ खानबाट पनि टाढै रहनुपर्छ। जमीनमा फल्ने भएका कारण यसबाट सिधै इन्फेक्सन हुन सक्ने सम्भावना रहन्छ।

काँचो सलाद

यो मौसममा सकेसम्म काँचो सलाद खानुहुँदैन। सलाद मात्र होइन सकेसम्म केही चिज पनि काँचो खानुहुँदैन। काँचो खाँदा किराहरु खाने र र विरामी हुने सम्भावना रहन्छ।

ननभेज

यो मोसममा शरीरको पाचन प्रणाली ढिला चल्ने भएकाले हेभी खानेकुरा खान हुँदैन। त्यस्तै सकेसम्म ननभेज खानेकुरा कम खानुपर्छ।



Leave a Reply

Your email address will not be published.