महिनावारी भएको बेलामा ‘सेक्स’ गर्न हुन्छ कि हुँदैन?
सवाल : म ३० बर्षको युवती हुँ। मलाई महिनावारी भएको बेलामा पनि यौन सम्पर्कमा राख्ने चाहना हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा समस्या हुन्छ कि हुँदैन?
जवाफ : महिलाहरू महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा चासो रहेको देखिएको छ।
कतिपयले इच्छ अनुसार महिनावारी भएको बेलामा पनि यौन सम्पर्क राख्ने गरेको पाइएको छ।
महिनावारीको बेलामा यौन सम्पर्क असुरक्षित मानिन्छ।
महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई धेरै स्वास्थ्य समस्या देखिन सक्छ।
असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भ नबस्ने जस्ता खतरा समेत रहन्छ ।
त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ।
महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने हर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ।
महिनावारी भएको बेलामा पाठेघर मुख फुलेको हुन्छ। त्यतिबेला यौन सम्पर्क गर्दा महिनावारीको रगत पाठेघरमा गएर ट्युबबाट बाहिर निस्कँदा इन्फेसन हुनसक्छ।
महिनावारीमा यौनसम्पर्क गर्दा गर्भ नहुँने समस्या तथा इन्डोमेट्रियोसिस जस्ता रोग लाग्ने सम्भावना हुन्छ।
डा. संगिता मिश्रा/ स्त्री रोग विशेषज्ञ