आन्दोलनकारीले लगाए विपीका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, राजिनामा दिने चेतावनी
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ ।
आज (बुधबार) बिहान प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक, कर्मचारीहरूले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरुप्रसाद खनाल, रजिष्टार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर शाहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
संयुक्त संघर्ष समितिल कुनै पदाधिकारीसँग वार्ता नहुने, प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भएर समस्या समाधानको पहल एक साताभित्र नभए सामूहिक राजीनामा दिने घोषणासमेत गरेका छन्।
असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन्।
प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक र कर्मचारीको माग सम्बोधन नभएपछि सोमबारबाट उनीहरू रिले अनशनमा थिए ।
अनशनमा बसेका कर्मचारीसँग वाताए गर्न मंगलबार उपकुलपतिसहित वार्ताको तयारी भएको थियो । वाताए बस्न आउँदा उपकुलपति ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै आन्दोलनरत पक्षले पदाधिकारीलाई वार्ता स्थलमै थुनेका थिए।
मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी गरेका थिए।
बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन्।