अविरल वर्षापछि सिन्धुपाल्चोकका विभिन्न नदीमा आएको बाढीमा परी हालसम्म सातजनाको मृत्यु भएको पुष्टि भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सातजनाको मृत्यु भएको जानकारी प्राप्त भएको र उद्धार कार्य जारी रहेको बताए। मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ।